छिमेकी राष्ट्रहरुको १३ बुँदे माग कतारले अस्विकार गर्यो

खाडी राष्ट्रहरुको समस्या सुल्झाउन कतार समक्ष प्रस्तुत गरिएको १३ बुँदे माग कतारले कुनै पनि हालतमा स्विकार नगर्ने भएको छ।हिजो ईटालीमा सञ्चार माध्यमहरु संग बोल्दै कतारको विदेश मन्त्री शेख मोहमम्द बिन अब्दुलरहमान अल थानीले कतारले छिमेकी राष्ट्रहरुको कुनै पनि माग पुरा नगर्ने र भविष्यमा आउने परिस्थितीको लागि तयार रहेको बताउनु भएको छ।छिमेकी राष्ट्रहरुले दिएको मागको म्याद आज सकिदैछ।

दिईएको मागको अल्टिमेटमलाई कतारले ब्यवास्ता गर्दै वार्ताको माध्यम बाट एक महिना देखिको नाकाबन्दीको समस्या हटाउन लागिपरेको छ।

मागको सूची नस्विकार्ने हिसाबले नै तयार भएको थियो

अल जजिरा नेटवर्कको खारेजी,टर्की सैनिक हटाउने र केही राजनीतिक पार्टीहरु संगको सम्बन्ध अन्त्य गर्नपर्ने लगायतको मागको सूची कतारले स्विकार नगर्ने ती देशहरुलाई पहिले नै थाहा भएको विदेश मन्त्री अल थानीले जानकारी दिनुभयो।उक्त मागहरु अन्तर्राष्ट्रिय कानुन विपरित रहेको ,आतंकबाद विरुद्ध नलड्ने,प्रेस स्वतन्त्रती माथीको आक्रमण र कतारको सार्बभौमसत्ता माथिको हस्तक्षेप रहेको उहाँले प्रष्ट पार्नुका साथै अमेरिकी सहयोग र समन्वय रहेको कुवेतको मध्यस्तता संग कतार अझ व्यबहारिक हुने कोशिसमा रहेको बताउनुभयो।

अब के होला?

छिमेकी राष्ट्रहरुले प्रस्तुत गरेको १३ बुँदे माग अस्विकार गरेपछि यही नै होला भन्ने स्थिती रहेको छैन।तर एक महिना देखिको नाकाबन्दी अझ लम्बिने देखिन्छ।त्यस्तै हाल कतारलाई सहयोग गरिरहेका देशहरुलाई कि कतार कि आफुहरु संगको व्यापार व्यवसाय रोज्न लगाउन सक्नेछ।साथै कतारलाई गल्फ राष्ट्रहरुको संगठन जिसीसी बाट हटाइन सक्ने केही आधिकारिक मिडियाहरुले आफ्नो तर्क राखेको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button