प्रधानमन्त्रीले भेट्न समय नदिएको रास्वपाको दाबी

काठमाडौं, मंसिर २-
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नेताहरुलाई भेट्न समय नदिएको बताएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि हुने दोस्रो चरणको आन्दोलनको मागपत्र बुझाउन पनि प्रधानमन्त्रीले समय नदिएको बताए ।
‘५ दिन प्रयास गर्यौं, कुनै कार्यक्रममा भाषण गर्ने क्रममा ज्ञापन लिएर आउँछन् होला फोटो खिचेर पठाउँला भनेर खिसिट्युरी गर्नुभयो, ५ मिनेट मात्र समय दिनुस् भनेर ५ दिनदेखि अनुरोध गर्दा पनि बेवास्ता गर्नुभयो’, उनले भने ।
प्रधानमन्त्रीको सचिवालयले भेट्न समय मिलाउने आश्वासन दिइरहेको तर प्रधानमन्त्रीकै अरुची देखिएको कार्यबाहक प्रवक्ता झाले बताए । ‘हामी आउँछौं भन्ने कुराको खिसिट्युरी गर्नुभयो, तर समय दिनुभएन’, उनले भने ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो