अमिर र अमेरिकी मध्यपुर्व केन्द्रिय कमान्डर बीच दोहामा भेटघाट सम्पन्न

क्युएनए
अमिर सेख तमिम बिन हमाद अल थानीले आज बिहान मध्यपुर्व तर्फका अमेरिकी केन्द्रिय कमान्डका कमान्डर केन्नेथ म्याककेन्जी संग भेटघाट गर्नुभएको छ । अल बहर प्यालेसमा भएको भेटघाटमा दुई राष्ट्र बिचको सम्बन्ध समिक्षा गर्दै, विशेषगरि सैन्य तथा रक्षा क्षेत्रमा थप विस्तार गर्ने र खाडी क्षेत्रमा शान्ति सुरक्षा कायम राख्ने लगायतको विषयमा छलफल भएको कतार न्युज एजेन्सीले जनाएको छ ।
यतिखेर कतार भ्रमणमा रहेका कमाण्डर म्याककेन्जीले छलफलकै क्रममा कतारमा स्थापित अल उदेइद एयर बेसमा अमेरिकी फौजको क्याम्प राख्दै आतंकबादी गतिविधि संग लड्न ठुलो मदत पुर्याएकोमा धन्यवाद पनि व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो