इरान र भारतको सामानले भाउ घटायो

इरान,भारत तथा विश्वको विभिन्न श्रोतबाट निरन्तर खाधान्न सामान आयात हुन थालेपछि तरकारी र फलफुलको भाउ ओरालो लागेको छ।

हिजो एयरपोर्ट शाखाको लुलु हाइपरमार्केटमा इरानको गोलभेडा प्रति केजी ४ रियालमा उपलब्ध थियो।त्यस्तै इरानकै बन्दा ४ रियाल,काउली६ रियाल र कुसा ६.५० रियाल प्रति केजीमा उपलब्ध छन्।साथै भारतको केरा ७ रियाल र चिलीको स्याउ ७.५० रियाल प्रति केजीमा स्टक रहुन्जेल बिक्री भईरहेको छ।

हाइपरमार्केटमा अस्ट्रेलियाको मुला ८ रियाल कतारकै काक्रो ६ रियाल मा उपलब्ध छन्।त्यस्तै लसुन २.५० रियाल,आलु ५.५० रियाल र अन्य परिकारका तरकारी ९ रियाल प्रति केजी सम्म पनि उपलब्ध रहेका छन्।

स्थानिय बजारमा सामानको भाउ स्थिर राख्न लुलुले विश्वभरको श्रोतबाट सामान आयात गरिरहेको त्यहाँको एक म्यानेजरले जानकारी दिए।बजारमा हाल टर्कीको डेरी सामान पनि ठुलो मात्रामा उपलब्ध छ।टर्कीको दुध अहिले प्रति लिटर ६ रियालमा बिक्री भईरहेको छ।

इरान,भारत,टर्की लगायत विश्वभरबाट सुपथ मुल्यमा दैनिक उपभोग्य सामान ल्याउन कतारले हवाई तथा समुन्द्री मार्ग दुवै प्रयोग गर्दैछ।सरकारले हाल पहिलेको स्थितिमा भन्दा १० गुणा बढी लगानी सामान आयातमा गरिरहेको आजको पेनिन्सुला पत्रिकामा समाचार छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button