नाकाबन्दी लगाउने देशहरु उल्टै घाटामा

अन्यायपूर्ण नाकाबन्दी लगाउने देशहरु नै कतारी बजार गुमाएर उल्टै बढी घाटामा पुगेको कतार च्याम्बरका प्रमुख शेख खालिफा बिन जस्सिम बिन मोहम्मद अल थानीले बताउनुभएको छ।

नाकाबन्दी लगत्तै कतारले विश्वको विभिन्न भाग बाट सोही भाउ र अझ बढि गुणस्तरिय उपभोग्य सामानको आयात गर्ने श्रोत सुरक्षित गरेको थियो।

कतारले सञ्चालन गरेको नयाँ सिधा समुन्द्री मार्ग ओमानको सललाह र सोहार,भारतको मुन्द्रा र नव शिवा बन्दरगाह र टर्कीको इज्मिर बन्दरगाह बाट यो हप्ता आएको तीन हजार टन खाधान्न सामान बारे हिजो एक कार्यक्रममा शेख खलिफाले प्रष्ट पार्नुभयो।

ग्यास निर्यातमा असर छैन:उर्जा मन्त्री

प्राकृतिक ग्यासमा विश्वकै धनी देश कतारलाई छिमेकी राष्ट्रहरुको गरेको नाकाबन्दीले खासै असर नपरेको उर्जा मन्त्री मोहम्मद अलसदले जानकारी दिनुभएको छ।कतारले ग्यास निर्यात गर्दै आईरहेको जापान,चिन,भारत र दक्षिण कोरिया लगायतका देशहरुमा नाकाबन्दीको असर परेको छैन।ति चार एसियन देशहरुमा गरिने निर्यात कतारको सबै मध्ये तीन तौथाई निर्यात हो।त्यस्तै छिमेकी राष्ट्रहरु साउदी,युएई र बहराइनमा गर्दै आईरहेको निर्यातमा ८ प्रतिशतले मात्र गिरावट आएको मन्त्री अलसदले आज थप जानकारी दिनुभयो।

एजेन्सी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button