जेडटीईले ल्‍यायो पहिलो फाइभजी स्मार्टफोन

एजेन्सी: चिनियाँ टेलिकम कम्पनी जेडटीईले संसारकै पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कंग्रेसमा जेडटीईले फाइभजी स्मार्टफोन (जेडटीई ब्लेड भी ८ मिनी) सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार यो फाइभजी स्मार्टफोनले प्रतिसेकेण्ड १ जीबी डाटा डाउनलोड गर्न सक्छ। यका साथै यसले फोरजीभन्दा १० गुणा बढी छिटो सेवा दिने कम्पनीको दाबी छ।

यस्तै यो स्मार्टफोनले ३६० डिग्रीको प्यानारोमिक भर्चुअल भिडियो तथा अल्ट्रा हाई-फाई म्युज़िक छिटो भन्दा छोटो सपोर्ट गर्न सकिन्छ। जेडटीईका प्रवक्ताले भनेका छन्, ‘हामीले फाइभजी स्मार्टफोनलाई युवापुस्तालाई लक्षित गरेर सबै सुविधासहित उपलब्ध गराएका छौ। यसले पक्‍कै पनि सम्पूर्ण ग्राहकहरुलाई सन्तुष्ट गर्नेछ। साथै फोटोग्राफीमा रुची राख्‍नेहरुको इच्छा पनि पूरा गरिदिनेछ।’

यो स्मार्टफोनमा १३ मेगापिक्सेल र २ मेगापिक्सेलको डुअल रियर क्यामरा राखिएको छ जसले फ्ल्यास र फोटोमा फोकसको काम गर्नेछ। ५ इन्चको एचडी स्क्रीन भएको यो स्मार्टफोनमा क्वालकम स्न्याप‍ड्रागन ४३५ प्रोसेर रहेको छ।

यस्तै फोरजी, थ्रीजीले समेत सपोर्ट गर्नेछ। यति मात्रै नभएर थ्रीडी सुटिङको अनुभव समेत लिन सकिने यो स्मार्टफोनमा २ हजार ८ सय एमएएच अनरिमुभेवलमा कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button