कतार र अमेरिकाबिच आतंकवाद विरुद्ध लडने सहमति

कतार र अमेरिकाबिच विद्रोही संगठनलाई आर्थिक सहयोग रोक्ने सम्बन्धमा सहमति भएको छ । चार खाडी मुलुकले कतारसँग गरेको नाकावन्दी र कुटनैतिक सम्बन्ध विच्छेद बारे बुधवार साउदी अरवको जेदाहमा हुने खाडी देशका विदेश मन्त्रीस्तरीय बैठकमा सहभागी हुनु अघि अमेरिकी विदेश सचिव टिलरसन र कतारी विदेश मन्त्रि शेख मोहम्मद विन अब्दुल रहमान अल थानीबिच यस्तो सहमति हिजो दोहामा भएको हो ।

आतंकवादी गतिविधिहरु रोक्ने, आर्थिक सहयोगहरु रोक्ने र आतंकवादको विरुद्ध गरिने कारवाहीलाई तीब्र बनाउने समेत सहमतिमा उल्लेख गरिएको छ तर नाकावन्दी लगाउने चार खाडी मुलुकले भने यो सम्झौताले मात्र समस्या समाधान नहुने बताएका छन् ।
कतारले यस्तै सहमति केही दिन अगीमात्र वेलायतसँग पनि गरेको थियो ।