जाँदा जाँदै अमिर र राजदूत भारद्वाज बीच भेटघाट सम्पन्न

अमिर शेख तामिम बिन हमाद अल थानीले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजसंग भेटघाट गर्नुभएको छ ।

अमिर दिवानको कार्यालयमा बुधबार भएको भेटघाटमा अमिरले राजदूत भारद्वाजलाई आगामी कार्यका लागि शुभकामना संगै कतार नेपाल बिचको सम्बन्धका लागि थप समृद्धिको कामना गर्नुभएको छ। यता राजदूत भारद्वाजले पनि दुई देशहरु बिचको सम्बन्ध सुदृढ पार्न योगदान पुर्‍याउने अमिर तथा राज्यका अन्य अधिकारीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

नेपाल सरकारको मन्त्रीमण्डल बैठकले यसै हप्ता राजनीतिक चिट्ठाको आधारमा नियुक्त गरिएका सबै राजदूत फिर्ता बोलाउन गरेको निर्णय संगै कतारमा नेपाली दूतावासको लागि राजदूत भारद्वाजको कार्यकाल सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button