कतार एयरवेजको कार्गोमा आज अाइपुगे १६५ होलस्टाइन गाई

चार खाडी मुलुक साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इजिप्ट र बहराइनले जारी राखेको नाकाबन्दीका माझ कतारले आफ्नो देशमा दुग्ध आपूर्ति बढाउन पहिलो चरण अन्तर्गत १६५ होलस्टाइन गाई जर्मनीबाट दोहा ल्याएको छ ।

कतार एयरवेजको कार्गो विमानबाट बुडापेष्ट हुँदै मंगलबार ती गाई दोहा अाइपुगेका हुन् । बिभिन्न चरण गरी कुल चार हजार त्यस्ता गाई अझै विमानबाट दोहा आयात गरिनेछ भने  कतारको दुग्ध मागको एक तिहाई यी गाईले पूर्ति गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button