अमेरिकी विदेशमन्त्रीको प्रयास पनि असफल

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन चार खाडी र मुलुक कतारवीचको संकट समाधानका लागि सक्रिय हुनु भएको छ । कतार माथि नाकावन्दी लगाउने साउदी अरवका उच्च अधिकारीहरुसँग छलफल गरेको भोलिपल्ट यानी आज टिलरसन कतार आइ कतारका राजा र विदेशमन्त्रीसँग पुन भेट्नु भएको छ ।
कतारी समाचार एजेन्सीका अनुसार टिलरसनले फेरी कतारी उच्च नेतृत्वसँग खाडी मुलुकमा देखिएको संकट समाधानका बारेमा छलफल गर्नु भएको थियो । साउदी उच्च अधिकारीसँग भएको छलफलका बारेमा कतारी समकक्षीलाई जानकारी गराउने उद्देश्यले टिलरसन कतार आउनु भएको अलजजीराले जनाएको हो ।
आतंकवादलाई वित्तीय सहयोग रोक्ने सम्झौतापछि कतार माथिको नाकावन्दी हटाउन अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले गरेको आग्रहलाई साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहरेन, तथा इजिप्टले अस्वीकार गरेका छन् । कतार अमेरिका सहमति अपर्याप्त भएको साउदी नेतृत्वको चार खाडी मुलुकले बताएसंगै टिलरसनको प्रयास पनि असफल भएको छ। रुस्ट राष्ट्रहरुले कतारमाथि लगाउँदै आएको नाकाबन्दी लगायतका प्रतिबन्धहरु अझै जारी नै रहने पनि बताएका छन्।
कतार माथिको नाकावन्दी हटाउन आफूले गरेको प्रयासका बारेमा कुवेती राजा सलमानलाई जानकारी गराएर टिलरसन आज नै स्वदेश फर्कि सक्नु भएको छ।
यो समाचार हामीले अन्नपूर्ण पोस्ट बाट सभार गरेका हौ