विश्वकप कामदारलाई गर्मी घटाउने कुलिङ्ग टावल

कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप पुर्वाधाार निर्माणको जिम्मा लिएकोसुप्रिम कमिटी फर डेलिभरी एन्ड लिगेसी (एससी) ले हालसालै कुलिङ्ग टावल (चिसो रुमाल) तयार गरेको छ । खुला क्षेत्रमा काम गर्ने कामदारको लागि लक्षित गरि बनाइएको रुमालले एक पटक पानीमा भिजाएपछि करिब ४ घन्टा सम्म चिसो दिनेछ । रुमाल घाटी,हात,खल्ती लगायतका शरिरको भागहरमा राख्न सकिन्छ ।उक्त रुमाल एससीले हालसालै दश हजार बढी वाक्रा स्टेडियम निर्माण गरिरहेका कामदारलाई वितरण गरेको छ । साथै करिब ९ हजार रुमाल एससीले आफ्नो परियोजनाहरुमा पठाएको छ ।
रुमाल संगै एससीले कुलिङ्ग भेस्टको परिक्षण गरिरहेको छ । हलुका साथै बाष्पीकरणीय मार्फत शरिरको माथिल्लो भाग (हृदय प्रणाली) मा चिसो प्रदान गर्ने भेस्टले गर्मीको तनाव संगै थकान पनि हटाउने आशा गरिएको छ ।
त्यस्तै एससीले कुलिङ्ग हेल्मेटको परिक्षण पनि गर्दै आईरहेको छ । कतार विश्वविधालय र एस्पायर जोन फाउनडेसनका वैज्ञानिक बाट निर्मित हेल्मेटले १० डिग्री सेल्सियस सम्म घटाउन सक्ने क्षमता रहेको छ ।
