कतारी नागरिकले इजिप्ट जान अनिवार्य भिषा आवेदन दिनुपर्ने

इजिप्टले सोमबारदेखि कतारीलाई भिषा बिना इजिप्ट आउने पाउने नियम खारेज गरेको छ । सोमबार इजिप्टको विदेश मन्त्रालयले कतारीलाई दिइँदै आएको बिना भिषा इजिप्ट आउन पाउने नियम अन्त्य गरिएको घोषणा गरेको हो ।

अबदेखि कतारका नागरिकले इजिप्ट जानको लागि अनिर्वाय रुपमा भिषा आवेदन दिनुपर्ने इजिप्टको विदेश मन्त्रालयले जनाएको छ । “अहिलेको अवस्थामा कतारलाई पहिलेको जस्तै सुविधा दिनुको कुनै औचित्य छैन,” इजिप्टेली विदेश मन्त्रालयका प्रवक्ता अहमेद अबु जेइदले भने ।

तर अहिलेको घोषणाले इजिप्टका सार्वजनिक विश्वविद्यालयमा अध्ययनरत इजिप्टेली र कतारी नागरिकका श्रीमान–श्रीमान वा उनीहरुको बच्चलाई भने केही असर नगर्ने अबु जेइदले प्रस्ट पारेका छन् । अहिलेको घोषणाले भने सामान्य र कुटनैतिक पासपोर्ट भएका कतारीलाई प्रभाव पार्ने इजिप्टको सरकारी अहराम अनलाइनले जनाएको छ । इजिप्टको यो नयाँ घोषणा बुधवार वा बिहीवारदेखि लागु हुने त्यहांका स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । –  बाह्रखरी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button