छिमेकी राष्ट्ररुको ६ बुँदे सिद्धान्त अपनाउन कतारलाई आग्रह

साउदी अरेबीया,युएई,बहराइन र इजिप्ट लगायतका देशहरुले कतारलाई प्रतिवाद र आतंकवाद संग लड्न आफ्नो ६ बुँदे सिद्धान्त स्विकार गर्न आग्रह गरेको छ । युएनका लागि साउदी राजदुत अबदल्लाह अल मौअलीमीले पत्रकाहरु संग बोल्दै गत जुलाई ५ मा कायरोमा ती देशहरुको विदेशमन्त्री बिच भएको वार्तामा स्विकार भएको ६ बुँदे सिद्धान्तको पालना कतारले गर्नपर्ने बताएका छन् ।
६ बुँदे सिद्धान्त
१.अतिवाद र आतंकवाद संग लड्न र कुनै पनि माध्यमबाट आर्थिक वा अन्य सहयोग बन्द गर्न प्रतिवद्धता गर्नपर्ने ।
२.हिंसा वा घृणालाई उक्साउने सबै खालको कृयाकलाप तथा भाषण बन्द गर्नपर्ने ।
३.खाडी सहयोग परिषद (जिसीसी) अन्र्तगत २०१३ मा भएको रियाद सम्झौता र त्यसको कार्यन्वयन गर्न २०१४ मा भएको पूरक सम्झौताको पूर्णरुपमा पालना गर्नपर्ने ।
४.रियाद मा २०१७को मे महिनामा भएको अरब इस्लामिक अमेरिकन समिटको सम्पूर्ण परिणाम पालना गर्नपर्ने ।
५.छिमेकी राष्ट्ररुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नपाउने र गैरकानूनी संस्थाहरुको सहयोग बन्द गर्न पर्ने ।
६.अतिवाद र आतंकवाद संग लड्न अन्तर्राष्ट्रिय कदमको सामना गर्न पर्ने ।
साथै अल जजिरा नेटवर्क बन्द नगरेपनि हिंसालाई प्रोत्साहन नगरी समस्या समाधान गर्न आवश्यक रहेको मौअलीमीले बताएका छन् ।