नेपाली कामदारलाई नगद सहित सम्मान

कतारस्थित नासर अल अलि इन्टरप्राइजेज कम्पनीले नेपाली कामदारहरूलाई नगद सहित सम्मान गरेको छ।

कम्पनीका प्रमुख नासर अलि अल अलीले कामदारहरू दिताल प्रसाद चौधरी,धिरेन्द्र प्रसाद थारू,रहमुल मन्सुरी मियालाई दश वर्षे सेवा बापत १५ हजार कतारी रियाल, उत्कृष्ट काम बापत शम्सुल इलम लाई ३० हजार रियाल, कमल बहादुर थापा लगायतलाई कदर पत्र सहित सम्मान गरेका छन्।

करिब ९० प्रतिशत ‌‍बन्दा बढी नेपाली कामदार भएको यस कम्पनीले कामदारलाई विगत देखी नै आवश्यक सहयोग समेत प्रदान गर्दै आईरहेको छ। कम्पनी प्रमुख अलीले यसअघि भुकम्पमा क्षति पुगेका नेपाली कामदारहरूको घर निर्माण,विकास तथा सामाजिक क्षेत्रमा सहयोग, पिछडिएका र असहाय बालबालिकाको शिक्षामा योगदान गर्दै आईरहेका छन् ।

यसैगरी ७ वर्षदेखि फैजुल ईस्लाम बेनिघाट सिऊरीनीटार, गोरखा लाई र हालै मात्र सिरहाको मदरसालाई ३० हजार रियाल पनि आर्थिक सहयोग नासर अल अलि इन्टरप्राइजेले गरेको छ ।


नासर अल अलिले जहाँ नेपाली कामदार हरुलाइ सम्मान र सहयोग गरिरहनु भएको छ त्यहीँ नेपाल बाट आउने नेपालका विभिन्न छेत्रका बौद्धिक तथा अन्य ब्यक्तित्व लाई समेत सम्मान गर्ने गर्नु भएको छ।  माथी तस्वीरमा चलचित्र बिकास बोर्डका तात्कालिन अध्यक्ष गणेश भन्डारी ज्यु र हाल अमेरिकामा सञ्चार जगतमा आफ्नो बलियो उपस्थित जनाउदै आउनु भएका एबिसि टेलिभिजनका उप प्रमुख किरण बाबू मरहट्टा र साथमा  नेपालि र कतारी बिच यस्ता भेटघाट को मध्यस्तकर्ता प्रो. रमजान नासर अल अलि ज्यु द्वारा नेपाल बाट कतार आउनु भएका पाहुना लाई मायाको चिनो प्रदान गर्दै।

१५ बर्ष अगाडि करामा मा (विद्युत तथा खानेपनी मन्त्रालय) ठुलै अहोदामा कार्यरत नासर अल अलि इन्टरप्राइजेजका अध्यक्ष अल अलीले धेरै नेपालीलाई कम्पनी खोल्न प्रायोजन समेत गर्दै आउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button