गोरखा सेवा समाज कतारले फेब्रवरी १७ मा वनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने

ध्रुब क्षेत्री/दोहा, गोरखा सेवा समाज कतारले नँया वर्ष २०१७ को अवसर पारेर वनभोज तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कतारमा कार्यरत चर्चित नेपाली कलाकारहरुको प्रस्तुतीमा भव्य रुपमा हुन लागेको कार्यक्रम सहानिया स्थित अल दोषरी पार्कमा आयोजना हुने आयोजक पक्षले जनाएको छ ।

हरेक वर्ष जस्तै संस्थाले आफ्नो स्थापना दिवस पारेर गएको डिसेम्बर १८ मा नै नेपालका ख्याती प्राप्त कलाकार बिरही कार्की र मुना थापा मगर को भव्य उपस्थितीमा कार्यक्रमको तय गरेको थियो । तर सिरिया राष्ट्रको अलेप्पो शहरमा भईरहेको हिंशा बिरुद्ध एक्यबद्धता जनाउन त्यस दिन हुने सबै मनोरन्जन का कार्यक्रमहरु रद्ध गर्न कतार सरकारको आदेश पछि कार्यक्रम स्थगित भएको थियो ।

अगामी फेब्रवरी १७ तारिक शुक्रबारका दिन हुने कार्यक्रमका लागी टिकट शुल्क ४० कतारी रियाल तोकिएको छ भने कार्यक्रम विहान १०ः३० बजे अल दोषरी पार्क (सहानिया) मा  सुरु हुनेछ । साथै सैलिया,सनैया ४७,दोहा,मुन्ताजा पार्क जस्ता स्थानहरु बाट संस्थाले सवारी साधनको ब्यवस्था समेत गरेको छ ।

सवारी साधन तथा अन्य जानकारीका लागी :
संस्थाका अध्यक्ष सुर्दशन भट्ट ३३१६६९७७
उपाध्यक्ष राकेश श्रेष्ठ ५५९९७५३९,दिपक लामीछाने ५५७७४६४
महासचिव राजेश्वर ढकाल ७७९४३२९७


कतारका अरु धेरै  समाचारहरुका लागि, तल हाम्रो फेसबूकमा लाईक गरी हामी सँग जोडीनुहोस  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button