
कतार
गत चौबिस घण्टामा देशभर थप ६५० जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या २ लाख ६३ हजार ०२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११ हजार २०५ जनालाई गरिएको परिक्षणमा आज ६५० जना नयाँ संक्रमित भेटिएको हो । आज भाइरस देखिएका मध्ये ३७१ जना स्थानीय र २७९ जना अन्य मुलुक बाट कतार आएकाहरु हुन् ।
हिजो कतारमा ६७६ जना संक्रमित भएका थिए । केही दिन यता कतारमा लगातार संक्रमितको संख्या घट्दै गरिरहेको छ ।
क्रमश संक्रमण घट्दै गएता पनि मृत्तक भने थपिँदै गएका छन् । हिजो ८ जना मृत्तक थपिएको कतारमा कतारमा आज कोरोनाका कारण थप ७ जना नागरिकको मृत्यु भएको छ । आज मृत्यु हुनेमा ३९, ५०, ५५, ५६, ५९, ६७ र ६७ बर्षिय रहेका स्वास्थ्य मन्त्रालयले बताएको छ । यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ४५८ बाट ४६५ पुगेको छ ।
त्यस्तै आज पनि संक्रमित भन्दा दोब्बर १५ सय २७ जना संक्रमणमुक्त भएका छन् । यो संगै कतारमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ९१ हजार ७१ जना रहेको छ ।
गएको २४ घण्टा भित्रकाे तथ्यांक यस्तो छ
अस्पताल भर्ना हुने : ३५ जना
हाल अस्पतालमा उपचार भैरहेकाको कुल संख्या : ८२१ जना
आईसीयुमा भर्ना हुने : ८ जना
हाल आईसीयुमा उपचार भैरहेकाको कुल संख्या : ३६४ जना
आज स्वाब जाँच गरिएको संख्या – ११ हजार २०५ जस् मध्धे ४ हजार ८०५ जना नयाँ
आज सम्म भाइरसका लागि जाँच भएको संख्या : १९ लाख ८ हजार ७१७ जना
निको हुनेको संख्या – १५ सय २७ जना
आज सम्म निको हुनेको संख्या – १ लाख ९१ हजार ७१ जना
निको हुन बाँकीको संख्या – १४ हजार ७६६ (सक्रिय संक्रमित)
आज मृत्युहुनेको संख्या – ७
आज सम्म मृत्यु हुनेको संख्या – ४६५
आज खोप लगाइएको संख्या – २२ हजार ७९९
आज सम्म खोप लगाइएको संख्या – १५ लाख ७९ हजार २
४४.७% १६ वर्ष भन्दा माथिका योग्य व्यक्तिले कम्तिमा पहिलो ड्रोज प्राप्त गरेका छन् ।
नेपाल
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।
यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।