कतारले आफ्नो नीति परिवर्तन नगरेसम्म वार्ता हुँदैन्:युएई

अमिर शेख तमिम बिन हमद अल थानीले साउदी प्रमुख राष्ट्रहरुमा गर्नुभएको वार्ताको आब्हानको स्वागत युएईले गरेपनि कतारले आफ्नो नीति परिवर्तन नगरेसम्म यसको सम्भव नभएको युएईको विदेशमन्त्री अनवर गर्गशले बताएका छन् ।

आफ्नो ट्विटर एकाउन्टमा लेख्दै मन्त्री गर्गशले वार्ताको आवश्यक रहेको तर यसको मेरुदण्ड भने परिवर्तन गर्नुपर्ने लेखेका छन् । उनले शुक्रबार कतारको अमिरद्धारा गरिएको सम्बोधन प्रति असन्तुष्ट पनि जनाएका छन् ।

युएईमा कतारको बिइन स्पोर्टस नेटवर्क प्रशारणको रोक हट्यो
खाडी समस्यापछि प्रशारणमा रोक लगाईएको कतारको बिइन सेटलाइट नेटवर्क २२ जुलाई देखि पुनः प्रशारणमा आएको छ । युएई आधारित दूरसंचार कम्पनी इतिसलातले पनि बिइन स्पोर्टस पुनस्र्थापित गरेको र ग्राहकहरुलाई चलचित्रको जानकारी इमेल मार्फत दिएको एक ग्राहकले एपिएफ समाचारलाई भनेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button