कतारमा भाइरस : एकै दिन ८ जनाको ज्यान गयो

कोरोना भाइरसका कारण कतारमा आज एकै दिन ८ जनाको ज्यान गएको छ । गत चौबिस घण्टामा देशभर थप ९४० जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,८६,२०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार ११,४९४ जनालाई गरिएको परिक्षणमा आज ९४० जना नयाँ संक्रमित भेटिएको छ । त्यस्तै ५२७ जनालाई निको भएको छ । कतारमा यो संगै भाइरस बाट ज्यान गुमाउनेको संख्या ३२० पुगेको छ ।

सरकारले संक्रमित र मृत्यु हुने नागरिकको राष्ट्रियता आजसम्म खुलाएको छैन ।
पहिलो स्वाब नतिजा पोजेटिभ आएका सामान्य बिरामीलाई १४ दिनमा डिस्चार्ज दिने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मार्गनिर्देशन अनुसार अपनाएको स्वास्थ्य उपचार विधिका कारण कतारमा अहिले यस रोग बाट निको हुनेको संख्या पनि दिनहुँजसो बढ्दै गैरहेको छ ।

गएको २४ घण्टा भित्रकाे तथ्यांक  

  • अस्पताल भर्ना भएका – २२९ जना
    अस्पतालमा उपचार भैरहेका जम्मा – १,६८७ जना
  • आईसीयुमा भर्ना भएका – ४२ जना
    आईसीयुमा उपचार भैरहेका जम्मा – ४३१ जना
  • आज स्वाब जाँच गरिएको संख्या – ११,४९४ जना
    आज सम्म स्वाब जाँच भएको संख्या – १,७८,०८७७ जना
  • निको हुनेको संख्या – ५२७ जना
    आज सम्म निको हुनेको संख्या – १,६७,४८० जना
  • निको हुन बाँकीको संख्या – १८,४०१
  • आज मृत्‍युहुनेको संख्या
    आज सम्म मृत्यु हुनेको संख्या – ३२०

    कसैमा भाइरस सम्बन्धि लक्षण देखा परे तुरुन्त १६००० मा सम्पर्क गर्न मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button