कतारले युद्ध को घोषणा गरेको आरोप : साउदी विदेश मन्त्री

कतारमाथि रुष्ट अरब देशको प्रतिबन्धको हिजो ५६ अौ दिन पूरा भइसकेको छ । ५ जूनमा साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेट्स (यूएई) ले कतारमाथि चरमपन्थी संगठनलाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्ध तोडेको थियो ।

कतारमाथि कुटनीतिक सम्बन्ध तोडेका साउदी अरेबिया,संयुक्त अरब इमिरेट्स युएई ,बहराइन , इजिप्ट राष्ट्रहरुको प्रमुख बिच आईतवार बहराइनको राजधानी मनामा मा बसेको बैठकमा फेरी पनि आफूहरुद्वारा अघि सारिएका सबै माग दोहाले पूरा गर्नुपर्ने बताएका छन्।

उनीहरुले आतंकवाद विरुद्ध लड्ने दिशामा हालै अगाडि सारिएका ६ वटा सिद्धान्तका साथै त्यसअघिका १३ बुँदे माग पनि पूरा हुनुपर्ने पनि बताएका छन् ।

कतारविरुद्ध प्रतिबन्ध जारी, हाजीहरु लाइ भने प्रतिबन्ध छैन : साउदी 

एउटा पत्रकार सम्मेलनमा साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स, बहराइन र इजिप्टका विदेशमन्त्रीहरुले कतारसँग संवादका निम्ति आफूहरु तयार रहेको बताए। यद्यपि आफूहरुद्वारा अघि सारिएका मागहरुमा कुनै मोलतोल गर्न नपाइने उनीहरुको भनाई छ।  कतारमाथि लगाउँदै आएको नाकाबन्दी लगायतका प्रतिबन्धहरु जारी रहेता पनि कतारका हाजीहरुलाइ भने प्रतिबन्ध नरहेको साउदी अरबले बताएको छ।

 

कतार एयरवेजलाई आपतकालीन हवाइमार्ग प्रयोग गर्न दिइएको छैन : कतार

साउदी अरबको समाचार एजेन्सी एस्पिएले कतार एयरवेजलाई आपतकालीन हवाइमार्ग प्रयोग गर्न दिइएको खबर झुटो रहेको कतार समाचार एजेन्सी क्युएनएले बताएको छ। कतारलाई रुस्ट्र राष्ट्रहरुले उक्त कुनै पनि अाधिकारीक जानकारी नपठएको पनि क्युएनएले आफ्नो वेबसाईट मार्फत जनाएको छ।

कतारले युद्ध को घोषणा गरेको आरोप : साउदी विदेश मन्त्री अदेल अल–जुबेइर

साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले कतारले युद्ध को घोषणा गरेको आरोप लगाउनु भएको छ।  कतारले साउदी अरब स्थित पवित्र “हज” लाई अन्तरराष्ट्रिय करण गर्नु पर्ने मागले सिधै आफु बिरुध युद्ध को घोषणा गरेको आईतवार अल अरबिया टेलिभिजन सँग बताउनु भएको हो।
तर कतारले भने आफुले उक्त माग राखेपनी युद्ध को संकेत भने नदिएको बताएको छ।

कतारले अरब राष्ट्रहरुसामु ‘आत्मसमर्पण’ नगर्ने

आतंकवादी समूहहरुलाई सघाएको चार मुलुकको आरोप कतारले निरन्तर अस्वीकार गर्दै आएको छ। कतारले आफ्नो सार्वभौमसत्तामा खतरा पैदा गर्ने वा अन्तर्राष्ट्रिय कानून उल्लंघन हुने कुनै पनि माग पूरा गर्न नसकिने अडान लिंदै आएको छ। – क्यु एन खबर/बि.बि.सी  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button