अल्टिच्युड एयरको हेलिकप्टरमा सवार ६ जनाको मृत्यु, १ जनाको जीवितै उद्धार

गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

पाइलटसहित ६ जनाको मृत्यु भएको छ भने १ जना जीवितै भेटिएकी छन्।

नुवाकोटको मेघाङ गाउँपालिकाको मैलुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त हेलिकप्टर भेटिएको प्रहरीले जनाएको छ।

रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ।

गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्मा डिकी घाइते भएकी छिन्। उपचारको लागि उनलाई मेडिसिटी अस्पताल ल्याइएको छ।

डाक्टर सञ्जय कार्कीको टोलीले उनलाई ल्याएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button