वरिडुले ल्यायो बोनस फ्लेक्सी पोइन्ट

वरिडुले हाला ग्राहकहरुका लागि “फ्लेक्सी पोइन्ट प्रोमो” सुरु गरेको छ।हिजोदेखी लागू हुनेगरि अब हाला ग्राहकहरुले अगष्ट २३ सम्ममा ब्यालेन्स वा डाटा रिचार्ज गर्दा र सिधै फ्लेक्सी कार्ड खरिद गर्दा स्वतः फ्लेक्सी बोनस पोइन्ट पाउनेछन्।यसअघि सिधै फ्लेक्सी कार्ड मात्र किन्न सकिने व्यवस्था रहेको थियो।
५० वा सो भन्दा माथिको टपअप गरेबापत पाईने बोनस फ्लेक्सी पोइन्ट एक हप्ता सम्मको लागि मान्य हुनेछ।साथै यसबाट लोकल तथा अन्तराष्ट्रिय कल,एसएमएस गर्न र डाटा चलाउन सकिनेछ।
फ्लेक्सी पोइन्ट वरिडुको नयाँ हाला फ्लेक्सी कार्ड रेन्जको भाग रहेको छ जसले टेलिकमको ग्राहकहरुलाई अति उचित रेट प्रदान गर्ने लक्ष्य राखेको छ।
जस्तै१ फ्लेक्सी पाइन्टले एक मिनेट लोकल कल, २ पोइन्टले १ मिनेट नेपाल कल गर्न र ०.३१ पोइन्टले १ एमबी डाटा चलाउन सकिनेछ।
ब्यालेन्स रिचार्ज गर्दा पाईने फ्लेक्सी बोनस।
डाटा रिचार्ज गर्दा पाईने फ्लेक्सी बोनस।

