कतारमा आज साँझ ६:५० देखि चन्द्रग्रहण लाग्दै

यो बर्षको अन्तिम चन्द्रग्रहण आज लाग्दैछ।आज को ग्रहण एसिया,अफ्रीका,यूरोप,अस्ट्रेलिया लगायतका महादेश बाट हेर्न सकिने कतार क्यालेन्डर हाउसले जानकारी दिएको छ।

कतारको समय अनुसार साँझ ६:५० देखी ग्रहणले स्पर्श गर्ने हाउसका प्रमुख प्रा डा बेशिर मर्जौकले बताएका छन्। त्यस्तै ८ बजेर २३ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । नौ बजेर बाईस मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनको भनाइ छ। एक घण्टा ५५ मिनेट लाग्ने ग्रहण कतारबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ।

ग्रहण को स्पर्श नांगो आँखाले हेर्न सकिने भएपनि यसको बाँकी अवधि हेर्न विशेष उपकरण चाहिने हाउसले थप जानकारी दिएको छ।साथै ग्रहणले २४.६ प्रतिशत चन्द्रमा ढाक्नेछ।

 

कुन राशिका लागि शुभ, कुनका लागि अशुभ?

मेषः राशिलाई सुख  ।

वृषः बृषलाई मान नास ।

मिथुनः मिथुनलाई कष्ट ।

कर्कटः कर्कटलाई स्त्रीपीडा ।

सिंहः सिंहलाई सुख।

कन्याः कन्यालाई चिन्ता ।

तुलाः तुलालाई व्यथा ।

वृश्चिकः बृश्चिकलाई श्रीप्राप्ती ।

धनुः धनुलाई क्षति ।

मकरः मकर राशीमा नै चन्द्रग्रहण छ । त्यसैले आजको दिन राम्रो मकर राशी भएकाहरुलाई राम्रो छैन । दुर्घटना हुनसक्ने योग छ । सजग हुनुपर्ने र लापरवाहीबाट बच्नुपर्ने हुन्छ । शत्रुहरु सक्रिय भएकाले नोक्सान पुर्याउन सक्छन् ।

कुम्भः कुम्भलाई व्यय।

मीनः मीनलाई लाभ हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button