इरानमा रहेका नेपाली नागरिकलाई दूतावासको सतर्कता अपिल

दोहास्थित नेपाली दूतावासले इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ। मध्यपूर्वमा विकसित हुँदै गएको परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको दूतावासले एक सूचना जारी गर्दै आवश्यक सावधानी अपनाउन भनेको हो।

दूतावासले इरानी सरकारी निकायले जारी गर्ने सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सतर्क रहन र अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ। स्थानीय समाचार, आधिकारिक घोषणा र आपतकालीन सूचनाहरू निरन्तर हेर्न पनि आग्रह गरिएको छ।

यसका साथै, बसोबास क्षेत्र नजिकका सुरक्षित स्थान वा आश्रयस्थलको जानकारी राख्न र आवश्यक परे त्यहीँ रहन सुझाव दिइएको छ। दूतावासले आवश्यकताअनुसार नियमित रूपमा अद्यावधिक सूचना जारी गर्ने जनाएको छ।

तर इरानमा रहेका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिए पनि कतारमा बसोबास गरिरहेका नेपाली नागरिकलाई भने अहिलेसम्म औपचारिक रूपमा सम्बोधन गरिएको छैन।

इरानमा रहने नेपाली र कतार रहने सबै ले आपतकालीन सम्पर्कका लागि दूतावासको टेलिफोन नम्बर +974-66214419
र इमेल eondoha@mofa.gov.np उपलब्ध रहेको जानकारी पनि दिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
11
मनपर्‍यो
खुसी लाग्यो
4
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
5
रुन मन लाग्यो
हाँसो लाग्यो
1
हाँसो लाग्यो
रीस उठ्यो
1
रीस उठ्यो
Back to top button