पहिलो चार मेट्रो रेल कतार आइपुग्यो

दोहा मेट्रो रेलको पहिलो ब्याचमा चार रेल कतार आइपुगेको छ।जापानको कोबे सहरबाट तीन हप्ताको यात्रा पछि ती रेल हमद बन्दरगाहमा शनिबार राती आइपुगेको कतार रेलले जानकारी दिएको छ।रेल लाई हमाद बन्दरगाह को कर्मचारीहरुबाट भव्य स्वागत गरिएको थियो।
कतार आएको पहिलो व्याचको रेलहरु अल ओक्रा डिपोट मा पठाई, पुनः जडान गरेर सुरक्षा मापदण्डका लागि परीक्षण गरिने कतार रेलले जानकारी दिएको छ।
सन् २०२० मा सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य बोकेको कतार मेट्रो रेलमा बिना चालकको जम्मा ७५ रेल सञ्चालन हुनेछन्।
चालक बिनाको रेल
कतारमा चल्ने सबै रेल दुबई मेट्रो जस्तै चालक बिनाको पूर्ण स्वचालित हुनेछ।प्रत्येकमा तीन स्तर यात्रुका लागि छुट्टै डब्बा रहने रेललाई कतारको संस्कृति झल्कने गरि जर्मनी कम्पनी ट्रिकन् डिजाइन संग मिलेर जापानको किन्की शर्यो कम्पनीले बनाएको हो।
विश्वकै छिटो मध्य र खाडी क्षेत्रकै पहिलो बिना चालकको छिटोमा यो रेल पर्ने कतार रेलले बताएको छ।
अरेबियन घोडा जस्तै देखिने यसको बाहिरी डिजाइन,कर्भ आकारको झ्याल तथा बाहिरी वातावरण संग मिल्ने खैरो रंगलाई कतारको अमिर आफैले छान्नु भएको हो ।
यात्रुहरुलाई हरेक डब्बा भित्र यात्रा बारे जानकारी दिन र रुटको नक्सा देखाउने ठूलो स्क्रीन समेत जडान गरिएको छ।
कतार न्यूज एजेन्सीको सहयोगमा


