लुलुले ६५ टन फलफुल र तारकारी कतार ल्यायो

लुलु हाइपरमार्केटले भारत बाट ६५ टन बराबरको  तरकारी तथा विभिन्न प्रकारको केरा विमान चार्टर गरेर कतार ल्याएको छ।

भारतको कोची विमानस्थल बाट चार्टर गरी ६५ टन केरा र गोलभेडा,काक्रो,आलु,प्याज,लसुन,अदुवा,फर्सी लगायतका अन्य थुप्रै तरकारी बोकेको विमान कतार आइपुगेको जानकारी लुलु ग्रुपका प्रमुख मोहम्मद अलथाफले द पेनिन्सुला पत्रिकालाई दिएका छन्।

लुलुले विश्वको विभिन्न स्रोत बाट जम्मा गरिरहेको खाधान्न तथा अन्य दैनिक उपभोग्य सामानहरु १८ केन्टरमा ओमानको सोहर बन्दरगाह बाट ल्याउने तयारी भईरहेको थप जानकारी दिएको छ।सो बन्दरगाह बाट भारतीय तथा ओमानी सामानहरु पनि ल्याइनेछ।

त्यस्तै लुलुले सिधै भारतको बन्दरगाह बाट सामान ल्याउने तयारी पनि भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button