सावधान कतारको रोडहरुमा दैनिक रुपमा मोबाइल राडार सार्दै मन्त्रालय

सावधान कतारको रोडहरुमा दैनिक रुपमा मोबाइल रडार  सार्दै मन्त्रालय ट्राफिक नियम उल्लंघन घटाउन र नियम मिच्ने सवारी चालकलाई सजायको घेरामा ल्याउने उदेश्यका साथ आन्तरिक मन्त्रालयले देशको विभिन्न स्थानहरुमा अस्थाई मोबाइल क्यामेराहरु जडान गर्न थालेको छ ।

क्यामेराहरु हरेक दिन विभिन्न सडकहरुमा सार्ने मन्त्रालयले जानकारी दिएको छ । क्यामेराहरु राख्ने सडकहरुको विवरण मन्त्रालयले हरेक दिन आफ्नो फेसबुक तथा ट्विटर पेज बाट दिनेछ ।

बढ्दो सवारी चाप संगै विभिन्न बहानामा सवारी नियम उल्लघंन गर्ने सवारीहरुलाई कारवाही गर्न ट्राफिक शाखाले एक हप्ता अघि देखि यस्तो नयाँ उपाय अपनाउन थालेको छ । सवारीको गति पत्ता लगाउने क्षमता भएका क्यामेराहरुले तोकिएको गति नाघ्ने सवारी साधनलाई निगरानीमा राख्दछ । मोबाइल क्यामेरा हिजोराती अल समाल रोड,एफ रिङ्ग,सल्वा,युनिभर्सिटी स्ट्रीट,एयर फोर्स,लिएबीब स्ट्रीट सडकहरुमा जडान गरिएको आन्तरिक मन्त्रालयले आफ्नो ट्वीटर मार्फत जानकारी दिएको छ ।

देशको सबै भागमा यस्तो क्यामेराहरु दैनिक रुपमा सार्ने मन्त्रालयले थपेको छ । मोबाइल क्यामेराले सडकको सुरक्षा बढाउने आशा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button