कर्नेश रोड दुई दिन सम्मका लागि बन्द रहने

सार्वजनिक कार्य अधिकारी (असघल) ले अल कर्नेश रोडको सानो भाग,विशेषगरि हुलाक कार्यलय इन्टरचेन्जको सडकखण्ड अगष्ट २५ तारिख अपरान्ह १ बजे बाट अर्को दिनको साँझ सम्म मर्मत कार्यका लागि बन्द रहने जानकारी गराएको छ ।

बन्द लगातार दुई चरणमा हुनेछ । पहिलो चरणमा कर्नेश रोडको मुख्य भाग सेराटन होटल देखि आन्तरिक मन्त्रालयकाे कार्यालय सम्म हुनेछ ।त्यस समयमा सवारी चालकहरुले लेखवेर इन्टरसेक्सन पुग्न अल मर्खिया रोड तर्फ दाँया मोड्न पर्नेछ भने कर्नेश फर्कन युटर्न गर्नपर्नेछ ।

पहिलो चरणको काम सकेलगत्तै दोस्रो चरणमा अल कर्नेश रोड देखि अल मर्खिया रोडको बाहिर सम्म बन्द रहनेछ । त्यस समयमा सवारी चालकहरुले हुलाक कार्यलय अगाडीको इन्टरचेन्जमा रोकी अल मर्खिया रोड तर्फ लाग्नपर्नेछ भने फर्कन ठिक विपरित गर्नपर्नेछ ।

असघलले सम्पूर्णसडक प्रयोगकर्ताहरुलाई गति सिमित पालना गर्न र चालक तथा पैदलयात्रीको सुरक्षाका लागि सडक चिन्ह पालना गर्न आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button