सम्बन्ध विच्छेद गरेका राष्ट्रहरुका नागरिक कतारमा स्वतन्त्रका साथ बस्न पाउने

सम्बन्ध विच्छेद गरेका राष्ट्रहरुको नागरिकलाई कतारमा स्वतन्त्र रुपमा बस्न दिने आन्तरिक मन्त्रालयले जानकारी दिएको छ।आज बिहान मन्त्रालयले दिएको विवरणमा रुष्ट भएका आफ्ना छिमेकी देशहरु संगको कुटनीतिक सम्बन्ध समस्या हल गर्नको लागि  दृढ विश्वास र नितीका साथ उसका  नागरिक विपरीत कुनै पनि निर्णय नगर्ने जनाइएको छ।

कतारमा बसोबास गर्दै आएका त्यस देशका नागरिकहरुलाई यहाँको कानुन अनुसार कामको भिषा वा प्रवेश भिषामा रहेर बिना रोकतोकका साथ कतारमा रहने अधिकार रहेको विवरणमा उल्लेख छ।

 

गत सोमबार देखि साउदी अरेबिया,युएई,बहराइन,इजिप्ट लगायतका देशहरुले कतारमा स्थल,हवाई र जल मार्गमा नाकाबन्दी गरेको थियो।त्यस्तै ती देशहरुले आफ्ना नागरिकहरुलाई स्वदेश फर्कन आदेश र आफ्ना देशमा भएका कतारी नागरिकलाई देश निकाला समेत गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button