गर्वको क्षण: टेस्ट राष्ट्रविरुद्ध नेपालको पहिलो जित

नेपालले वेस्ट इन्डिजमाथि टेस्ट राष्ट्रविरुद्ध पहिलो विजय दर्ता गर्दै क्रिकेट इतिहासमा आफूलाई सुरक्षित अभिलेख बनाएको छ। शनिबारका खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै यो गौरवमय सफलता हासिल गर्यो।
शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४८ रन बनाएको थियो।कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३८ रन बनाउँदै टोलीलाई राम्रो शुरुवात दिलाए। कुशल भुर्तेलले पनि दुई विकेट लिए भने करण केसी, दीपेन्द्र सिंह ऐरी, नन्दन यादव र ललित नारायण रायमाझीले एक–एक विकेट थपे।
वेस्ट इन्डिजले नेपालले दिएका लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्रै बनाउन सक्छ। नविन विदायसीले सर्वाधिक २२ रन बनाए भने अमिर जाङ्गोले १९ र कप्तान अकिल हुसेनले १८ रन बनाउँदा पनि टोलीलाई जित दिलाउन सकेनन्।
यस जितसँगै नेपालले टेस्ट राष्ट्रविरुद्ध पहिलो पटक विजय प्रप्त गरेको छ, जसले देशको क्रिकेट क्षितिजलाई नयाँ उचाइमा पुर्याउने विश्वास जगाएको छ।