एनआरएनए एनसीसी कतारको अध्यक्ष पदमा मुक्तदा मुसलमानको उम्मेद्वारी

गैरआवसीय नेपाली सघं,राष्ट्रिय समन्वय परिषद् कतारको अध्यक्ष पदमा मोहम्मद मुक्तदा मुसलमान ले उम्मेद्धवारी तथा घोषणा पत्र सार्वजनिक गरेका छन्।
विश्व संजालमा फैलिएको एनआरएनएको अभियानलाई निरन्तरता दिँदै हाल वर्तमान मौजुदा कार्यसमितीको सचिवालय सदस्यपदमा रहेर आफ्नो जिम्मेवारी बहन गरिरहेका मुक्तादाले विभिन्न सामाजिक सघंसस्थामा सिकेका सिप,क्षमता र ज्ञान लाई नेपाली समुदायको हितमा लाग्ने प्रण सहित आशन्न गैरआवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको सातौ अधिबेशन (२०१७–०१९) कार्यकालका लागी अध्यक्ष पदमा उम्मेद्धवारी घोषणा गरेका हुन ।
“नेपालीकालागी नेपाली”भन्ने मुल नारालाई आत्मसाथ गर्दै एनआरएनएको अभियानमा सम्पुर्ण नेपालीको एकता,समृद्ध नेपाल र परिवर्तन मा सबैको सहभागितालाई जोड दिँदै कतारमा रहेका नेपाली समुदायको हितमा प्रतिबद्ध भएर लाग्ने दृण विश्वासका साथ मेरो उम्मेदवारी रहेको छ।” उनले बताएका छन् ।
एनआरएनको आभियानलाई पुर्णतादिन निम्न उद्धेश्यका साथ मुक्तदा मुसलमानको उम्मेद्वारी रहेको छ ।
१. कतारमा कार्यरत श्रमिक नेपालीहरुको समस्या पहिचान गरी समाधनमा जोड दिने ।
२. नेपाली कला संस्कृति भाषा,साहित्य तथा रितीरिवाजलाई विश्व समुदायमा चिनाउनका निम्ति कतारमा कल्चर सेन्टर खोल्नलाई तिब्रता दिने।
३. कतारमा नेपाली समुदायका बालबालिकाहरुको लागी विद्यालय खोल्न सम्बन्धित निकायसंग पहल गर्ने।
४. खेलकुद क्षेत्रको विस्तारका लागी खेलाडीहरुको अन्तर्राष्ट्रिय स्तरमा व्यवसायिक तथा दक्षता बृद्धिका लागी प्रयत्न गर्ने ।
५. नेपाली उत्पादनलाई कतारको बजारमा प्रर्बद्धन गर्न विशेष पहल गर्ने ।
६.कतारको लगानीलाई नेपालमा लैजान विशेष पहलगर्दै कृषि क्षेत्रको स्तर उन्नोतिमा जोड दिने ।
७.पर्यटन प्रवर्द्धनमा अन्तर्राष्ट्रिय नागरिकहरु लाई नेपाल भ्रमण मा प्रेरित गर्ने ।
८.श्रमिकहरुलाई भाषागत ज्ञान तथा ट्राफिक नियम सेफ्टी तालिम जस्ता विविध हितमुलक कार्यमा पहल गर्ने ।
९.विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरुलाई कानुनी जटिलता तथा कोमामा रहेका बिरामीहरु लाई उद्धार गर्नमा पहल गर्ने ।
१०.घरेलु कामदारको रुपमा आउने नेपाली महिलाहरु लाई कानुनी रुपमा व्यवस्थित गर्न पहल गर्ने।
११.एनआरएनको हरेक गतिविधिहरुलाई समुदायमा पार्दशी ढङ्ग बाट प्रस्तुत गर्ने।
१२.कतारमा स्थापित सम्पुर्ण संघसस्थाहरुलाई एकता गर्दै एनआरएनको अभियानलाई पुर्णता दिन जोड दिने।
