भोलि धुर्मुस-सुन्तली सँगै भोजपुरी कलाकारको कार्यक्रम हुँदै

भोलि इस्लाम धर्मावलम्बीहरूको ठूलो पर्व ईद अल अधा अर्थात बक्र ईदको पहिलो दिन “धुर्मुस सुन्तली” नाईट विथ भोजपुरी स्टार्स नामक कार्यक्रम हुँदैछ।
एमजी इभेन्ट्स सँगै नमूना नेपाल,वर्ल्ड वाइड रेकर्ड भोजपुरी स्पार्क इभेन्ट्स र दंगाल च्यानलको संयुक्त प्रस्तुतिमा यस मनोरञ्जनात्मक कार्यक्रम अल खोर स्थित अल खोर स्पोर्ट्स क्लबमा हुनेछ।
कार्यक्रममा हास्य कलाकारद्वय सीताराम कट्टेल(धुर्मुस),कुञ्जना घिमिरे(सुन्तली) सँगै भोजपुरी सुपरस्टार रितेश पाण्डे,नायिका काजल यादव,सीमा सिंह,निशा दुवें,गायक आलोक कुमार,मोहम्मद थोयिव मैथिली नायिका डोली सरकार लगायतका भव्य प्रस्तुति रहनेछ।
बेलुकी ६ बजे देखि राति ११ बजे सम्मका लागि निर्धारण गरिएको यस कार्यक्रमको टिकट दर सिल्भर ३५ र भिआइपी ८० रियाल गरेर तोकिएको छ।

कार्यक्रमको लागि निःशुल्क बसको व्यवस्था पनि गरिएको छ।साथै थप जानकारीको लागि ५५६९६१८८ मा सम्पर्क राख्न सकिनेछ।
