खलिफा रंगशालामा आज कतार विरुद्ध चीनको खेल हुँदै

रसियामा हुने सन् २०१८ विश्वकपको छनौट चरण अन्तर्गत राउण्ड तीनको खेलमा कतारले आज चीन संग खेल्दैछ।खेल अल वाब स्ट्रिट, खलिफा रंगशालामा बेलुका ६ बजे बाट शुरू हुनेछ।खेलको टिकट नि:शुल्क रहेको छ।

खेलप्रेमीदर्शकहरुका लागि खलीफा रंगशाला अवलोकन गर्न र खेलको मज्जा लिन यो एक सुवर्ण अवसर हुन सक्नेछ।

आज हुने खेलको बारे विस्तृत जानकारी यस्तो रहेको छ:

खेल : कतार विरुद्ध चीन

रसियामा हुने २०१८को विश्वकप खेल छनौट चरणको एसिया तर्फ समूह ए अन्तर्गत ८ खेल खेलिसक्दा कतार ७ अंकका साथ पाँचौं स्थानमा  छ भने चीन ६ अंकका साथ पुछारमा छ।कतार र चीन सँगै समूहमा ईरान,दक्षिण कोरिया, उज्वेकिस्तान र सिरिया रहेका छन्।समूहको शीर्ष स्थानमा रहेको ईरान विश्वकपको लागि छनौट भईसकेको छ।

 

स्थान : खलीफा अन्तराष्ट्रिय रंगशाला

४० हजार सीट क्षमता भएको खलीफा रंगशाला कतारले आयोजना गर्ने २०२२ विश्वकपको लागि ८ वटा मध्य तयार भएको पहिलो रंगशाला हो।साथै यो विश्वकै पहिलो एलईडी लाइट भएको रंगशाला हो भने त्यहाँ जडान गरिएको कुलिङ सिस्टमद्वारा तापक्रमलाई २६ डिग्री सेल्सियस सम्ममा झार्न सक्ने क्षमता यो रंगशालामा छ।

 

 

टिकट

खेल हेर्नका लागि टिकटको व्यवस्था भएपनि यो नि:शुल्क रहेको छ।नेपाली दर्शकहरुको लागि टिकट जिम्मा लिएको नेपाली फुटबल टिम,कतार (एनएफटिक्यू) ले रंगशालाको गेट नं १, २,३, २३,२४,२५ बाट टिकट उपलब्ध गराउनेछ।

खेल सबै देशका नागरिकहरूका लागि खुला गरिएको हुँदा केही समय अगावै गएर आफ्नो टिकट सुरक्षित गर्दा बुद्धिमानी हुनेछ।साथै परिवार तथा अन्य विशेष टिकटको लागि एनएफटिक्यू ले प्रदान गरेको ह्वाटसएप्प नम्बरहरु ५५५३५२६३,३१०८७७२२ मा सम्पर्क राख्न सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button