ट्राफिक सिग्नल सहित स्पोर्ट्स राउण्डाबौट सञ्चालनमा

निर्माण कार्यका लागि बन्द रहेको स्पोर्ट्स राउण्डाबौट ट्राफिक सिग्नल सहित सञ्चालनमा आएको छ। रेयान रोडमा पर्ने ओलम्पिक(स्पोर्ट्स) राउण्डाबौट खुलेसँगै त्यहाँबाट आवतजावत गर्ने सवारी चालकहरुलाई केही सहज हुने भएको छ।
ट्राफिक सिग्नल राख्ने योजनाको पहिलो चरणको कार्य सम्पन्न गरी हिजो राउण्डाबौट औपचारिक रुपमा खुला गरिएको हो।अल रेयान रोड विकसित गर्नका लागि राउण्डाबौट भत्काउन अघि यसलाई स्पोर्ट्स राउण्डाबौट भनेर पनि चिनिने गरिन्थ्यो।
यस सँगै चार दिशा तर्फको सडक विस्तारको कार्य पनि लगभग सकिसकेको र आगामी महिना भित्र यो सुचारु हुने सार्वजनिक कार्य विभाग इसघलले जानकारी दिएको छ।
पहिलो चरणको कार्य अन्तर्गत प्रत्येक दिशा तर्फ तीन लेनको बाटो विस्तार सँगै,ट्राफिक सिग्नल, ढल निकास,पाइप लाइन लगायतको कार्यहरू सम्पन्न भएको छ।
त्यस्तै दोस्रो चरणमा भने बायाँ तर्फ मोड्न र यू टर्न गर्न ट्राफिक सिग्नल सहितको तीन लेनको सडक विस्तार हुनेछ।
ओलम्पिक राउण्डाबौटलाई सिग्नल सहितको इन्टरसेक्सन बनाउने अल रेयान रोड विकास प्याकेज योजनाको तेस्रो चरणको कार्य रहेको छ।योजनामा ओलम्पिक राउण्डाबौट, अल शुरा इन्टर सेक्सन र बिन वोम्रान इन्टरसेक्सनको विकास तथा विस्तार हुनेछ।साथै प्रत्येक दिशामा चार लेन सहितको सडकहरु बन्नेछन्।योजना अगष्ट २०१८ सम्ममा सकाउने इसघलले लक्ष्य लिएको छ।

