भ्वाइस कल गर्न समस्या भयो? यसो गर्नुहोस्

कतारमा अहिले मेसेन्जर, व्हाट्स एप्प, भाइबर लगायतका मोबाइल एप्प मार्फत कल गर्न समस्या भईरहेको छ। ईदको बिदा भन्दा केही दिन अगाडी देखि सुरु भएको यो समस्या अहिले सम्म हटेको छैन।

टेलिकम कम्पनी उरिडु,भोडाफोन तथा सरकारी निकायबाट अहिले सम्म यसबारे कुनै स्पष्टीकरण आएको छैन।तसर्थ कहिलेसम्म समस्या हट्छ भनेर कुनै अनुमान लगाउन सकिने अवस्था रहेको छैन।तर हामीले तयार परेको केही उपायबाट भने पक्कै केही लाभ पाउन सकिन्छ।

१. भिपिएन प्रयोग गर्नुहोस्

देशको नियम उल्लंघन नहुनेगरि खाडी देशहरूमा विभिन्न वेबसाइटहरुमा लगाइएको रोक भिपिएन प्रयोग गरेर चलाउन सकिन्छ।प्ले स्टोरमा निशुल्क यो भेटाउन सकिन्छ।

२. इमो चलाउनुहोस्।

भ्वाइस कल गर्न र भिडियो कल गर्न इमो एक राम्रो सफ्टवेयर हो।कतारमा बढी प्रयोग गरिने सफ्टवेयरहरु मध्ये इमो अझै सम्म मज्जाले चल्दैछ।

३. गुगल डूव

मेसेन्जर,भाइबर जस्तै यो एप्प पनि भिडियो तथा भ्वाइस कल को लागि प्रख्यात रहेको छ।यो प्ले स्टोर तथा एप्पल स्टोरमा निशुल्क भेटिनेछ।

तपाई संग अरु कुनै उपाय छ भने हामीलाई थाहा दिनुहोस्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button