कलंकीमा रहेको ‘अन्डरपास’ बाट गुड्न थाले गाडी

नेपालको पहिलो र लामो प्रतिक्षापछि कलंकीमा निर्माण भएको  ‘अन्डरपास’ सञ्चालनमा  आएको छ । हिजो शुक्रबारबाट आंशिक रुपमा ‘अन्डरपास’ बाट गाडी गुड्न थालेका हुन् । 

काठमाडौं चक्रपथ सुधार  आयोजनाका इन्जिनियर प्रकाशचन्द्र भण्डारीले ‘पार्सियल्ली’ रुपमा अन्डरपास सञ्चालनमा आएको जानकारी दिए ।  ‘पार्सियली सञ्चालनमा आयो, अहिले ट्रायल हो,’ उनले भने, ‘ केही काम अझै बाँकी छ, पूरै काम सकेर औपचारिक रुपमा सञ्चालन हुन्छ ।’

पूर्णरुपमा सञ्चालनमा आउन अझै डेढ महिना लाग्ने उनले बताए । उनका अनुसार अब चक्रपथ र कंलकीबाट बायाँ गुड्ने सवारी साधानले जाममा बस्नुपर्ने छैन।  
अन्डरपास सञ्चालन भए पनि केही समय दायाँ गुड्ने सवारी साधानले जाममा बस्नु पर्ने उनको भनाइ छ ।  ‘अब चक्रपथमा कोही रोकिनुपर्दैन, देब्रे घुम्नेमा पनि जाम हुँदैन,’ उनले भने, ‘मात्र दाहिने घुम्ने गाडीले थोरै समय रोकिनु पर्छ ।’ – अन्नपूर्ण पोस्ट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button