७२औं राष्ट्र संघ भेलाको लागि अमिर यतिखेर न्युयोर्कमा

क्यूएनए

७२ औं राष्ट्र संघको साधारण भेलामा उपस्थिति जनाउन अमिर शेख तमिम बिन हमद अल थानी यतिखेर अमेरिका पुग्नुभएको छ।

अमिरले राष्ट्रसंघको हेडक्वार्टरमा मंगलबार हुने बैठको उद्दघाटन भाषणमा खाडीको विकसित समस्या बारे बोल्ने कार्यक्रम रहेको छ।भ्रमणकै क्रममा अमिरले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

खाडी समस्या को अन्त्य गर्न आफै लागिपरेका अमिर बिहीबार देखि विदेश भ्रमणमा लाग्नुभएको थियो।खाडी समस्या पछिको पहिलो भ्रमणमा अमिर बिहीबार टर्की पुग्नुभएको थियो।त्यहाँ अमिरले राष्ट्रपति इरदोगन संग भेटि खाडी समस्या समाधान बारे छलफल गर्नुभएको थियो।

त्यसलगत्तै अमिर शुक्रबार जर्मन पुग्नुभयो।अमिरले कुलपति एन्जेला मर्केल संग भेटगरि दुई देश बीचको सम्बन्ध तथा त्यसको विकास र विशेषगरि खाडी समस्याको बारेमा छलफल गर्नुभयो।

त्यस्तै भ्रमणकै क्रममा जर्मनपछि फ्रान्स पुगेका अमिरले त्यहाँको राष्ट्रपति इम्मानुइल माक्रन संग भेटगरि खाडी समस्याप्रति दुई देश बीचको सहकार्य र विकसित समस्या प्रति बहस प्रारम्भ गर्नुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button