नाकाबन्दीको यथार्थ बुझाउन “लिफ्ट दि ब्लकेड” वेबसाइट सार्वजनिक

नाकाबन्दीको बीचमा छिमेकी राष्ट्रहरूबाट प्रकाशित भइरहेको झुटो समाचारको विरोध गरेर विश्वलाई वास्तविक यथार्थ देखाउन कतार सरकारले लिफ्ट दी ब्लकेड नामक वेबसाइट निकालेको छ।

वेबसाइटलाई कतारको सरकारी सञ्चार कार्यालय(जिसिवो)ले सार्वजनिक गरेको हो।

कतारी तथा प्रवासी नागरिकको तस्बिर सहितको सचित्र र कतारको यथार्थ बारे वेबसाइटमा देखाउन खोजिएको छ।नाकाबन्दीले आम मानिसमा परेको न्यून प्रभाव र कतारको सकारात्मक स्थिति बारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेको समाचारहरु यसमा देखाईएको छ।

सरकारी सञ्चार कार्यालय (जिसिवो)का मिडियाकर्मी जस्सिम बिन थानीले वेबसाइटको उदेश्य नाकाबन्दीको यथार्थ देखाउने बताएका छन्।कतारले आतंकवाद विरुद्ध लड्न गरेका कार्यहरू,नाकाबन्दी उत्पत्तिको कारण र यसको असर बारे फैलिएको भ्रम हटाएर विश्वलाई यथार्थ दिने नै वेबसाइटको प्रमुख लक्ष्य रहेको उनले बताए।साथै छिमेकी राष्ट्र साउदी,बहराइन,इजिप्ट र युएई बाट झुटो समाचारले आक्रमण भएको उनले थपेका छन्।

नाकाबन्दीको आरोप एउटा,कारण अर्को

वेबसाइटको अनुसार छिमेकी राष्ट्रहरूले कतार माथि लगाएको नाकाबन्दीको कारण आतंकवादलाई आर्थिक सहयोग गरेको नभएर कतारको विदेशी नीति,सार्बभौमसत्ता र स्वतन्त्रता रहेको स्पष्ट पारेको छ।

जीसिवोले नाकाबन्दी हटाएर वार्तामा आउन समेत आव्ह्वान गरेको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button