कतारमा जाडो महिना सुरु भयो

कतारमा हिजो शुक्रबार बाट यो वर्षको जाडो महिना सुरु भएको छ।त्यस्तै आद्रता बढे सँगै बादल बन्ने प्रक्रियाले आउँदो दिनहरूमा देशको उत्तरी भागमा वर्षाको सम्भावना पनि रहेको कतार मौसम विभागले जानकारी गराएको छ।

हिजो देखि सुरु भएको शरद ऋतु सँगै केही समयका लागि दिनको समय गर्मी नै रहने र साँझको समयमा भने तापक्रममा गिरावट आउनेछ।साथै कतारमा हिजो १२ घण्टा ८ मिनेटको दिन र ११ घण्टा ५२ मिनेटको रात रहेको थियो।

“बिहीबार गर्मी महिनाको अन्त्य भएको छ र ऋतु परिवर्तनको प्राकृतिक नियम अन्तर्गत शरद ऋतु सुरु भएको छ।” कतार मौसम विभागका प्रमुख अब्दुल्लाह मोहम्मद अल मन्नाइ ले स्थानिय पत्रिका पेनिनसुला लाई भनेका छन्।

कतार मौसम विभागले शुक्रबार बेलुका अल जमिलियामा परेको पानी सहितको भिडियो समेत आफ्नो ट्वीटर एकाउन्टमा पोस्ट गरेको छ।त्यस्तै विभागले आज बिहान ४ बजे देखि ७ बजे सम्म कुहिरोको अनुमान गरेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button