विदेश बाट नेपाल फर्कदा केमा भन्सार लाग्ने,केमा नलाग्ने ?

दसैं नजिकिएसँगै वैदेशिक रोजगारीबाट विदामा घर फर्किने परदेशीको संख्या बढेको छ । परदेशमा दुःख गरेर कमाएको पैसाले घर फर्किंदा ल्याउने सामानको भन्सार नियम थाहा नपाउँदा कतिपयको सामान नै जफतमा पर्ने गरेको छ । तोकेभन्दा बढि सामान ल्याएमा भन्सार कार्यालयले जफत गरिने जनाएको छ ।

विदेशबाट आउने यात्रुले काँचो सुन र चाँदी ल्याउन पाईंदैन । ५० ग्राम तौल भएका सुनका गहना र ५ सय ग्रामसम्मका चाँदीका गहना मात्रै महशुल नबुझाई ल्याउन पाइन्छ । यस्तै मदिराजन्य बस्तु एक लिटर मात्रै ल्याउन पाइन्छ । भन्सार नियममा तोकिएभन्दा फाल्टो सामान ल्याएमा जफत गर्न सक्नेछ ।
यी सामानमा कुनै कर /शुल्क बुझाउनु पर्दैन
–आफूले प्रयोग गरिरहेका लुगाफाटाहरु, बर बिछ्यौना, घर गृहस्थीका पुराना सामान, विरामीले ल्याएका औषधी ।
–सुनको गहना पचास ग्रामसम्म (तर काँचो सुन पाइदैन), चाँदीको गहना पाँचसय ग्रामसम्म (तर काँचो चाँदी पाइदैन), एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया (तर काँचो सुन, चाँदी पाइदैन) ।
–ट्यावलेट वा ल्यापटप कम्प्यूटर एक थान, घडी एक थान, क्यामरा एक थान, भिडियो क्यामरा एक थान, सेलुलर मोवाइल फोन एक थान, पेन ड्राइभ एक थान, बच्चा राख्ने पेराम्बुलेटर एक थान, ट्राइसाइकल एक थान, पेशागत यात्रुको सामान्य प्रकारका सामान एक थान, सात किलोसम्म खाद्य परिकार, मदिरा एक लिटरसम्मको एक वोतल ।
–वैदेशिक रोजगारमा गई कम्तीमा लगातार बाह्र महिना काम गरी आउनेको हकमा बत्तीस इन्चीसम्मको जुनसुकै व्राण्डको टेलिभिजन एक थान ।
यी सामान एकमुष्ठ चालीस प्रतिशत महसुल बुझाएर ल्याउन पाइन्छ
–म्यूजिक सिष्टम एक सेट, रेफ्रिजरेटर एक थान, वासिङ्ग मेशिन एक थान, पंखा एक थान, रेडियो एक थान, लुगाफाटा, जुत्ता, कस्मेटिक्स आदि बढीमा पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिमका उपकरण (जस्तैः मिक्सर, जुसर, सिलाई मेशिन, ग्याँस टेबुल, इस्त्री, राइस कुकर जस्ता) दुई/दुई थान ।
–दश किलोग्राम सम्म खाद्य परिकार, व्यवसायिक पेशाका डाक्टर, इन्जिनियर जस्ता यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई÷दुई थान, माथि लेखिए वाहेकका नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई÷दुई थान ।
–चुरोट दुइसय खिल्लीसम्म वा सिगार पचास खिल्लीसम्म । साइज अनुसार प्रति इञ्चीका आधारमा महसुल वुझाई ल्याउन पाउने टेलिभिजन एक थान ।
–(माथि खण्ड (क) मा उल्लेख भए अनुसार महसुल छुट सुविधामा बत्तीस इन्ची सम्मको टेलिभिजन ल्याएमा पुनः यस खण्ड बमोजिम अर्को टेलिभिजन महसुल वुझाउने गरी पनि ल्याउन पाइदैन)
–(ग) माथि खण्ड (क) र (ख) मा उल्लेख भएभन्दा बढी संख्यामा त्यस्ता सामान ल्याएमा वा ती खण्डहरुमा उल्लेख नभएका अन्य सामान साथमा ल्याएमा त्यस्तो सामान भन्सार अधिकृतले जफत गर्न सक्नेछ ।
उज्यालो अनलाइन बाट साभार