बिज्ञापन

चितवन वाग्मती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्यः मुख्यमन्त्री तामाङ

काठमाडौँ, कात्तिक ८-

वागमती प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य चितवन रहेको वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले बताएका छन् ।

बिहीबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘चितवन चिन्तनः चितवनको शक्ति, सम्भावना, समस्या र समाधानका उपायको खोजी’ कार्यक्रमका मुख्य वक्ता मुख्यमन्त्री तामाङले चितवन प्रदेशकै मुख्य पर्यटकीय गन्तव्य रहेकको बताएका हुन् ।

‘चितवन वाग्मती प्रदेशको मुख्य पर्यटकीय गन्तव्य रहेको जिल्ला हो,’ उनले भने, ‘यो गन्तव्यलाई थप व्यवस्थित बनाउन जरुरी छ । चितवनको सौराह, मेघौली, माडी र सिराइचुली जोडेर पर्यापर्यटन परिपथ विकास गर्ने योजना बनाएका छौं ।’

कार्यक्रममा उनले रैथाने र स्थानीय कृषि वस्तु र उत्पादनको ब्रान्डिङ र बजारीकरण गर्न अति आवश्यक देखिएको बताए । ‘प्रदेशभित्रको रैथाने खानाहरूको पहिचान गर्ने र पेटेन्ट दर्ता गरेर होटलहरूमा मेनु नै बनाएर राख्नु पर्दछ,’ उनले थपे ।

 

यस समाचारको श्रोत : www.narayanionline.com हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
बिज्ञापन
Back to top button