सागर आलेलाई कतारमा ६० लाखको चेक हस्तान्तरण

एपीवान टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शो ‘नेपाल आइडल’ को अन्तिम चार सम्म पर्न सफल सागर आले मगरलाई कतारमा ६० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
हिजो एभरेष्ट नेपाल युथ एसोसिएसनले आयोजना गरेको सम्मान तथा विदाई कार्यक्रममा आले लाई विश्वभरि रहेको शुभचिन्तक तथा मगर समुदायको तर्फबाट संकलन भएको रकम नेपाल इन्भेस्टमेन्ट बैंकको चेक तथा सम्मान स्वरुप कदर पत्र मगर संघ शाखा कतारले हस्तान्तरण गरेको हो।
फोटो : तिलु शर्मा पौडेल
