कतारबासीले आज अमिरको भव्य स्वागत गर्ने

आफ्नो सफल विदेश भ्रमणपछि अमिर शेख तमिम बिन हमद अल थानीको आज स्वदेश फर्कने कार्यक्रम रहेको छ।यही क्रममा कतारबासीले आफ्नो एक्यबद्धता जनाउन अहिले बेलुका ५:३० बजे कर्नेश रोडमा अमिरको भव्य स्वागत गर्ने तयारी भईरहेको छ।

७२ औं राष्ट्रसंघको महासभामा नाकाबन्दीको समस्याबारे विश्वलाई ध्यानाकर्षण गराउँदै आफ्नो एतिहासिक वक्तव्य दिएका अमिर आज अमेरिका बाट स्वदेश फर्कन लाग्नु भएको हो।चौथौ महिनामा लागेको नाकाबन्दीको हल खोज्न आफै लागिपरेका अमिर केही हप्ता अगाडि टर्की,जर्मन,फ्रान्स हुँदै अमेरिका पुग्नुभएको थियो।अमिरले ती देशहरुको उच्च प्रतिनिधि संग भेटेर नाकाबन्दीको अवस्था बारे विस्तृत गर्नुभएको थियो।त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संग गरिएको भेटघाटमा नाकाबन्दी छिटै अन्त्य हुने समाचार बाहिरिएको थियो।

अमिरले खाडी क्षेत्रमा शान्ति स्थापना कायम गर्नको लागि कतारले गरेका कदम र युद्धग्रस्त क्षेत्रमा पुर्याएको सहयोग बारे विश्व समुदायमा अवगत गराउन सफल हुनुभएको छ।आफ्नो वक्तव्यमा नाकाबन्दी सहेका कतारबासी जनतालाई सम्झिएपछि अमिरको लोकप्रिय अझ चुलिएको थियो।

साथै आज अमिरको स्वागत गर्न “आईतबार कर्नेशमा मघरिव प्राथना” र “कतार अमिरको स्वागत गर्दछ” नामको ह्यासट्याग यतिखेर सामाजिक सञ्जाल ट्विटरको ट्रेण्डिङ मा रहेको छ।

यसैबिच कतारको लोकप्रिय समाचार नेटवर्क मर्सल कतारले आज अमिरको स्वागतमा उपस्थित हुने सर्वसाधारणको जानकारीको निमित्त जनोपयोगी सेवा सहितको नक्शा समेत सार्वजनिक गरेको छ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button