ओरिडुले ल्यायो नेपाल टेलिकम अफर

कतारको टेलिकम कम्पनी ओरिडु ले नेपाल टेलिकमको लागि १० देखि २०० रियाल सम्मको नयाँ अफर ल्याएको छ।अफरमा नेपाल टेलिकमको जुनसुकै नम्बरहरुमा सस्तो दरमा कुरा गर्नका साथै लोकल कल तथा बोनस डाटाको पनि फाईदा लिन सकिनेछ।
योजनामा जम्मा १३ दिराम प्रति मिनेट सम्ममा नै नेपाल टेलिकमको नम्बरहरुमा कुरा गर्न सकिनेछ।
१०,३०,४५,६०,१०० र २०० रियाल मा उपलब्ध रहेको यस प्याकको म्याद एक महिना सम्मको लागि रहेको छ भने बोनस,प्याकको अवस्था हेरेर ७ देखि ३० दिन सम्म रहनेछ।
त्यस्तै उक्त प्याक प्रयोग गरेका ग्राहकहरुले योजना सकिएपछि पनि १८ दिराम प्रति मिनेटमा नेपाल टेलिकमको नम्बरमा कुरा गर्न सक्नेछन्।योजना एसएमएस,आइभिआर,मोबाइलमै डायल वा ओरिडु एप्प बाट सुचारु गर्न सकिनेछ।थप जानकारीको लागि ooredoo.qa मा हेर्न सकिनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो
