फेक डकुमेन्टको सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको आरोपमा पक्राउ गरिएको होः सीआइबी

काठमाडौँ, मंसिर ४-
केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको जानकारी दिएको छ ।
सीआईबी प्रवक्ता होविन्द्र बोगटी ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेको पाइएपछि नियन्त्रणमा लिइएको बताए ।
प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने भएको छ । प्रसाईले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भन्दै प्रचार गरेका थिए । उनको दाबीमा सत्यता नदेखिएको सीआइबीले जानकारी दिएको छ ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
0
मनपर्यो
0
खुसी लाग्यो
0
दुःख लाग्यो
0
रुन मन लाग्यो
0
हाँसो लाग्यो
0
रीस उठ्यो