इजिप्टले विद्यार्थी अधिकार उल्लंघन गर्यो : प्रो.अलि मियाँ

इजिप्टले कतारी विद्यार्थीलाई देशमा प्रतिबन्ध र विश्वविद्यालयमा पढ्न रोक लगाउनु , मानव अधिकारको उल्लंघन भएको प्रोफेसर रमजान अलि मियाँले हिजो कतारी उर्दू रेडियोको हकिकत कार्यक्रममा भनेका छन्।

“शिक्षा हरेक मानिसको आधारभूत अधिकार हो  यसमा जोकोहि लाई बन्देज लगाउनु भनेको विद्यार्थी अधिकारको उल्लंघन गर्नु हो” मियाँले थपे।

कतारको मानव अधिकार आयोगको सदस्य र कतार नेपाल समाजका प्रमुख समेत रहेका मियाले इजिप्टमा ४४ कतारी विद्यार्थीलाई उच्च शिक्षा हासिलको शिलसिलामा भर्ना भएका विद्यार्थीलाई देश प्रवेशमा लगाईएको रोक बारे उक्त प्रतिक्रिया दिएका हुन्।

त्यस्तै खाडी समस्याको बेलामा नाकाबन्दी गरेका छिमेकी राष्ट्रहरूको करिब ७७० विद्यार्थीलाई कतारको सरकारी विश्वविद्यालयमा भर्ना दिनु एक उल्लेखनीय कार्य भन्दै खुलेर प्रशंसा गरेको आजको गल्फ टाइम्समा  समाचार छ।

सोही कार्यक्रममा केही समय अगाडि नेपाली समाजसेवी डा.देव काजी डंगोलले पनि अन्तरवार्ता दिएका थिए। छिमेकी राष्ट्रहरूले लगाएको नाकाबन्दी समाधानमा नेपाली समुदायको समर्थन रहेको प्रतिक्रिया डंगोलले दिएका थिए।

दक्षिण एसियाली आप्रवासी समुदाय सँग जोडिन तथा अन्तरक्रिया गर्न सञ्चालन गरिएको “हकिकत” कार्यक्रम दैनिक पत्रिका गल्फ टाइम्स र कतार मीडिया कर्पोरेशन उर्दू रेडियोको संयुक्त प्रस्तुति हो।कार्यक्रम आइतबार देखि बिहीबार सम्म एफएम १०७ मेगाहर्जमा सुन्न सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button