गैरआवसीय नेपाली संघको मध्यपुर्व सहसंयोजकमा सुजन के.सीको उम्मेदवारी

नबराज वि.क

गैरआवसीय नेपाली संघको आठौं विश्व सम्मेलनको तयारी नजिकिदै जाँदा नयाँ नेत्तृत्वका लागी विभिन्न पदहरुमा आकांछी उम्मेदवारहरुको घोषणा गर्ने क्रम तिव्र रुपमा भइरहेको बेला सुजन केसी ले मध्यपुर्व सह–संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए अभियानमा निरन्तर सक्रिय रहँदै आएका कुवेतका जागरुक युवा सुजन के.सी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको स्थापना देखि नै नेपाली समुदायको हितमा आफु लाई समर्पित गर्दै आईरहेका छन्।

के.सीले २००९ देखी २०११ कार्यकालमा सचिव, २०११ देखी २०१३ सम्म महासचिव र २०१३ देखी २०१७ सम्म आईसीसी सदस्यको पुर्ण जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरिसकेका छन् ।  हाल एनसीसी कुवेतको सल्लाहकार समेत रहेका के.सी आफुले सिकेका सिप ज्ञान र क्षमतालाई एनआरएनएको अभियानमा अझ क्रियाशिल हुँदै समग्र मध्यपुर्वमा कार्यरत नेपालीहरुको पक्षमा लागी पर्न आफ्नो ११ बुंदे प्रतिबद्धतापत्र अनुरूप अगाडि बढ्ने बताएका छन् । एनआरएनएको विश्व सम्मेलन यहि आउँदो अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा हुँदैछ।

सुजन के.सी द्धारा प्रस्तुत ११ बुद्धे प्रतिबद्धताहरु यस्ता छन्।

१. एनसीसी कुवेत र मध्यपूर्व एनसीसीका कार्यक्रमहरुलाई प्रोत्साहन गर्न आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने ।

२. मध्यपूर्वका समग्र समस्याहरुलाई पहिचान गरी केन्द्रिय समितिमा समेत सहयोग जुटाएर काम गर्ने।

३. नेपाल सरकार र सरकारी कार्यलयहरुबाट सम्वोधन गरिने कार्यक्रमलाई आफ्नो तर्फबाट भरपुर योगदान दिने ।

४. कुवेत लगायत सिधा हवाई सम्पर्क नेपालसंग नभएका मुलुकहरुलाई सिधा हवाई सम्पर्क बनाउन कुटनीतिक नियोग मार्फत पहल दिने ।

५. खाडी मुलुकहरुमा काम गर्ने नेपालीहरुको राजनैतिक मताधिकारको लागि प्रयास जारी राख्ने ।

६. कामदारहरुको बिमा तथा क्षतिपूर्ति तथा कानूनी समस्याहरुलाई प्रभावकारी रुपमा हल गर्न सम्बन्धित देशका एनसीसीसंग मिलेर काम गर्ने ।

७. नेपालको उत्पादन क्षेत्रमा खाडीका मजदुरहरुको सामुहिक लगानीका लागि नेपाल सरकार र सम्बन्धित निकायहरु सँग सहकार्य र समन्वय गर्ने ।

८. केन्द्रिय समितिका निर्देशन र कार्ययोजनालाई इमान्दारिताका साथ अगाडी बढाउने ।

९. खाडीका बिभिन्न देशमा श्रम सम्झौता नभएको हकमा श्रम सम्झौताको लागि पहल गर्ने र भएका देशहरुमा एनसीसीको सहयोगमा अनुगमन गर्ने परिपाटीको निती बसाल्ने ।

१०. सुरक्षित रोजगार र कामदारको सम्मानको लागि अन्तरक्रियात्मक र रचनात्मक सुझाव संकलन गरेर कार्य योजना बनाउने ।

११. सबै देशमा रहेका नेपाली नियोगसंग समन्वय गरी नेपालको पर्यटन र नेपाली उत्पादनको निर्यात ब्यापारको लागि भूमिका खेल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button