आज अक्टोबर ४ तारिख। बुधबार। असोज १८

– कतारको आजको पञ्चाङ्ग –
अंग्रेजी मितिः इश्वी सन् २०१७ अक्टोबर ४ तारिख। नेपाली मितिःवि.सं. २०७४ साल असोज १८ गते। बुधबार। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– चतुर्दशी, २४:५३ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– पूर्वभाद्रपदा, २१:४७ बजेउप्रान्त उत्तरभाद्रपदा। योग– गण्ड, ११:०३ बजेउप्रान्त वृद्धि। करण– गर, १३:०५ बजेदेखि वणिज, २४:५३ बजेउप्रान्त भद्रा। आनन्दादिमा पद्म योग। चन्द्रराशि– कुम्भ, १५:४३ बजेउप्रान्त मीन।
दोहामा सूर्योदयः०५:२७ बजे र दोहामा सूर्यास्तः १७:१७ बजे हुनेछ ।
राहुकालः ११:२२ देखि १२:५० बजे सम्म । शुभ मुहूर्त : ०९:५५ देखि ११:२२
दोहा को मौसम
आजको उच्च तापक्रम ३९ डिग्री र न्युनतम तापक्रम ३० डिग्री सेल्सियस बिच रहने छ ।
विनिमय दर
आज कतारी रियाल १ बराबर नेपाली खरिद दर २८ रुपैंयाँ ७० पैसा र नेपाली बिक्रि दर २८ रुपैंयाँ ८७ पैसा रहनेछ ।
* यो नेपाल राष्ट्र बैंकले तोकेको दर हो, अन्तरराष्ट्रिय दर दिनमा ३/४ पटक परिवर्तन हुने हुँदा यहाँका रेमिट कम्पनीले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
हिजोको सुनको दर –भाऊ
२४ क्यारेट सुन = १५७.०० रियाल प्रति ग्राम र २२ क्यारेट सुन =१४७.०० कतारी रियाल रहेको थियो ।