एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच एकता, ६ बुँदे सहमतिमा हस्ताक्षर

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालबीच आगामी चुनावमा तालेमल गर्ने र लगतै पार्टी एकता गर्नेसहित ६ बुँदे सहमति भएको छ । मंगलबार एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भएको थियो ।
राष्ट्रिय सभामा भएको संयुक्त पत्रकार सम्मेलनमा तीन राजनीतिक दलबीच दलीय एकता र चुनावी एकताको विषयमा तीन दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ। केपी ओली, प्रचण्ड र बाबुराम भट्टराईले समहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमति पत्रमा चुनावमा एउटै घोषणा पत्र बनाउने, चुनाव पछि पार्टी एकीकरण गर्ने लगायत छन् ।
माओवादीले धोका दिएको कांग्रेसको निश्कर्ष
नेपाली कांग्रेसले माओवादी केन्द्रले धोका दिएको बताएको छ । एमाले मओवादीबीच चुनावी तालमेल र पार्टी एकताबारे तयारी गरेपछि सत्ताघटक प्रमुख दल कांग्रेसले यस्तो निश्कर्ष निकालेको हो । कांग्रेसको मंगलबार बसेको आकस्मिक बैठकले एमाले मओवादीको अस्वभाविक गठबन्धन बन्न लागेको भन्दै त्यसलाई आपत्ति समेत जनाएको छ ।
कसरी सम्भव भयो एउटै कम्युनिस्ट पार्टी बनाउने सहमति ?
मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित ‘सहमतिपत्र घोषणासभा’मा तीनै पार्टीका नेताले आर्थिक समृद्धि, स्थिर सरकार र बलियो राष्ट्रिय एकता कायम गर्न एउटै कम्युनिस्ट केन्द्रको आवश्यकता महसुस गरी पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति गरेको बताए।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।