कतारले आफै दूध उत्पादन गर्न थाल्यो

कतारको डेरी कम्पनी बलद्नाले हालसालै आयात गरिएको गाई बाट स्वच्छ दूध उत्पादन तथा बिक्रि गर्न सुरु गरेको छ।
गत जुन ५ देखि साउदी प्रमुख छिमेकी राष्ट्रहरूले नाकाबन्दीको घोषणा गरे लगत्तै बलद्नाले कतारमा दूध तथा दूधजन्य पदार्थ आफै उत्पादन गर्ने हिसाबले युरोप,अमेरिका रअष्ट्रेलिया बाट चार हजार गाई आयात गर्ने भन्दै विश्वको ध्यान खिचेको थियो।
आयात गरिएको गाईको दूध एक हप्ता देखि बजारको सबै आउटलेटमा उपलब्ध छन्।हाललाई हाइपरमार्केटहरुमा यो दूध प्रति लिटर १० रियालमा पाइन्छ।कम्पनीका बजार व्यवस्थापक मोहम्मद अल खानीले गल्फ टाइम्सलाई भनेका छन्।
त्यस्तै “दूधको मूल्य सबै गाई बाट उत्पादन हुन थालेपछि प्रति लिटर ७ रियाल सम्ममा झर्नेछ।अहिले सम्म २५०० गाई आयात भइसकेको छ। बाँकी सबै गाई आयात भएपछि ठूलो मात्रामा उत्पादन गरिनेछ” अल खानीले थपेका छन्।

