एल्लो बक्स भित्र सवारी रोके कारबाही हुने

कतारको व्यस्त सिग्नल रोडहरुमा भएको पहिलो बक्स भित्र सवारी रोके जरिवाना लाग्ने व्यवस्था रहेको छ।हरियो ट्राफिक बत्ती पछि सडक पार गर्ने क्रममा बीचमा रोक्दा विपरित दिशा बाट आउने सवारीलाई अवरोध हुने र सडक जाम सँगै दुर्घटनाको जोखिम पनि बढ्ने गर्दछ ।
यसैबीच कतार ट्राफिक निर्देशनालयले आईतबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत अगष्ट महिना देखि लागू भएको सो नियम पश्चात जम्मा ४०० सवारी कारबाहीमा परेको कतार ट्रिव्युन पत्रिकामा समाचार छ।त्यस्तै नियम नमिच्न शाखाले सबैलाई सावधान समेत गरेको छ।
दुई महिना अघि बाट लागू गरिएको ट्राफिक नियम अन्तर्गतको कानुन नं ७२ अनुसार अत्यावश्यक सवारी साधन बाहेक हरियो बत्ती पछि पहेंलो बक्स भित्र सवारी रोकेर अन्य दिशाको सवारीलाई अवरोध पुर्याउनु सवारी नियमको ठूलो उल्लंघन हुनेछ।
उक्त अवस्थामा निगरानीमा राखिएको क्यामेराले तीन वटा फोटो खिच्दछ र त्यसमध्ये नियम उल्लंघन गरेका सवारी कारबाहीमा पर्नेछन्।उक्त नियम उल्लंघन गरेमा ५०० रियाल सँगै तीन कालो पोइन्ट जरिवाना हुनेछ।
के हो एल्लो(पहेंलो) बक्स ?
सिग्नल भएको चोकमा चारै दिशाको रोडको साझा हिस्सा नै पहेंलो बक्स हो।यो बक्स भित्र सवारी रोकेमा अन्य दिशाको सवारीलाई बाटो अवरोध हुनेछ भने दुर्घटनाको जोखिम पनि उत्तिकै रहनेछ।


